वर्षाले रोकिएको खेल फेरि सुरु

काठमाडौं । वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल फेरि सुरु भएको छ । फाइनलमा नेपाल र युएई त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको थियो । खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६ रनमा क्रिजमा थिए ।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*