नेपाल र युएईबीचको खेल फेरि रोकियो , रोकिएको खेल हेर्न छाता ओढेर पर्खिरहेका छन् दर्शक

काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत टियू मैदानमा वर्षाको कारण रोकिएको नेपाल र युएईबीचको खेल हेर्न दर्शकहरू छाता ओढेर बसिरहेका छन्।

युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पुनःवर्षा सुरू भएर खेल रोकिन पुगेको छ। खेल रोकिएपनि दर्शकहरू छाता ओढेरै यथास्थानमा बसेका छन्।

दर्शकहरू वर्षा रोकिएर खेल पुनस् सुरु हुने आसमा छन्। यसअघि १६ ओभरको समाप्तीमा युएई ६० रन जोडेर ५ विकेट गुमाएको अवस्थामा पनि वर्षा हुँदा नेपाल र युएईबीचको खेल रोकिएको थियो।

तर केही समयमानै वर्षा रोकिएपछि पुनःखेल सुरू भएको थियो। जहाँ नेपालले आफ्नो सानदार बलिङ याट्याक जारी राख्दा युएई सस्तैमा समेटिन लागेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*