टिपरले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते

वीरगञ्ज । टिपरको ठक्करबाट वीरगञ्जमा दुईजना गम्भीर घाइते भएका छन्। म प्र ०३ ००१ ख ७६७९ नम्बरको टिपरको ठक्करबाट वीरगञ्ज-३० लालपर्सा निवासी ३५ वर्षीया गीतादेवी मली र १८ वर्षका मिथुन मलि घाइते भएका हुन्।

सोमबार बिहान साढे सात बजेको समयमा वीरगञ्ज-३० लालपर्सा चोकमा बालुवा लोड गरेको टिपरले ना २७ प ४१५३ नम्बरको मोटरसाइकलमा सवार दुबैजनालाई ठक्कर दिएको थियो।

ठक्करबाट गीता र मिथुन दुवै जना गम्भीर घाइते भएको प्रहरी चौकी परवानिपुरले जनाएको छ।

घाइतेलाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएको र ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी परवानिपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*