थप ४९ नेपालीले साउदीमा पाए एक्जिट भिसा

दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ४९ नेपालीले ‘एक्जिट भिसा’ ९बहिर्गमन भिसा० पाएका छन्। साउदीको रियाद र दमामबाट ती नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। योसहित हालसम्म दुई हजार पाँच सय भन्दाबढीले एक्जिट भिसा पाइसकेको बताईएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र ९इकामा० नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुनेछ। यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन। तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।

त्यसैगरी, जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको दूतावासले जनाएको छ। तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्न पनि अनुरोध गरेको छ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउन र रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सकिने दूतावासले जनाएको छ। एक्जिट भिसा प्रोसेसिङका लागि मोवाइल नम्बर ०५०००२१४०९ वा ०५४७०४५२७२ मा सम्पर्क गर्न सकिनेछ।

इकामाको म्याद सकिएको ३ महिना भन्दा बढि भैसकेका वा साउदी आएको ३ महिना भन्दा बढि समयसम्म पनि इकामा नबनाइदिएका अथवा हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ् गर्न सकिनेछ। इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् दूतावासबाट गर्न मिल्दैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*