विमानमा मुसो देखेपछि बुद्ध एयरको उडान स्थगित

जनकपुरधाम । जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ ।

शनिबार बिहान ८ : ३५ बजेको बुद्ध एयरको ५०२ जहाजको उडान स्थगित भएको हो ।

जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए ।

‘दुई जना यात्रुले मुसो देखेपछि कर्मचारीलाई रिपोर्ट गरे । हवाई सुरक्षाको दृष्टिकोणले यात्रु ओरालेर मुसो खोज्ने काम भइरहेको छ,’ ती कर्मचारीले भने, ‘मुसो त फेला परेको छैन ।’

अब काठमाडौंबाट जनकपुर आउने बुद्ध एयरको अर्को विमानबाट यात्रु पठाइने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*