दोस्रो बागमती प्रदेश खेलकुद आजबाट सुरु हुदै

काठमाडौं । दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आज आईतबारबाट सुरु हुदैछ । मकवानपुरको हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा एक भब्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश स्तरमा खेलाडी उत्पादन, पहिचान र एक्सपोजर प्रदान गर्ने उद्धेश्यका साथ गत वर्षबाट सुरुआत गरिएको प्रतियोगिताको यो दोस्रो संस्करण हो । आफ्नो प्रदेशमा सम्भावना भएका खेललाई समावेश गरेर हरेक वर्ष प्रदेश खेलकुद कार्यक्रम गर्ने बागमती एक्लो प्रदेश हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित हुन नसक्ने नेपाली खेलकुदमा बागतमी प्रदेश सरकारले बजेटको ब्यवस्था गरेर लगातार दोस्रो पटक प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

यस वर्ष प्रदेश खेलकुद विकास परिषद् बागमतीले १३ खेललाई प्रदेश स्तरीय खेलकुदमा समावेश गरेको छ । बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाले भलिबल, क्रिकेट, फुटबल, रग्बी, कराँते, तेक्वान्दो, बक्सिङ, उसु, जुडो, ब्याटमिन्टन, एथलेटिक्स, पौडी र आईटिएफ तेक्वान्दो गरि १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

आईतबारबाट सुरु हुने प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताए । उनले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र खेलाडी तथा अफिसियल हेटौडामा पुग्ने क्रम जारी रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*