हेटौंडा खानेपानी ब्यावस्थापन बोर्डको वार्षिकोत्सब

हेटौंडा । हेटौंडा खानेपानी ब्यावस्थापन बोर्डको १० औ वार्षिकोत्सब आज भएको छ । बोर्ड स्थापना भएको दिनका अवसरमा बार्षिकोत्सब गरिएको हो । बार्षिकोत्सको उद्घाटन् हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले गर्नुभयो ।

कार्यक्रममा बोर्डको स्थापना कालमा काम गरेर सहयोग पुर्याउने तत्कालिन कार्यकारी निर्देशक तथा बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयका सचिब मोहन कुमार शाक्य, बोर्ड स्थापनाका लागि सहयोग पुर्याउने हेटौंडा उपमहानगरपालिकाका अधिकृतहरु जगन्नाथ सापकोटा र मनोज कुमार सुबेदीलाई बिशेष सम्मान गरिएको छ ।

त्यसैगरी खानेपानी बोर्डमा पानी उत्पादन, बितरण, फिल्डमा खटिने, मिटर रिडर लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने ११ जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको छ ।

हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश कुमार बानियाँ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिब कृष्ण सारु मगर, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका सदस्य कृष्ण धिताल, खानेपानी उपभोक्ता समितिका तर्फबाट भबसागर श्रेष्ठ लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटाले खानेपानी संस्थानबाट बोर्डमा परिणत भएपछी अहिले सम्म भएका कामका प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*