काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा भारतको लगातार दोस्रो जित

काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा भारतले लगातार दोस्रो खेल जितेको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो ।

पहिलो सेट २५–१७ ले हारेको किर्गिस्तानले दोस्रो र तेस्रो सेटमा झनै फितलो प्रदर्शन गर्‍यो । यी दुवै सेट उसले २५–८ ले गुमायो ।

समूह बीमा दोस्रो खेल जितेको भारत सेमिफाइनल नजिक पुगेको छ । उसले हिजो बंगलादेशलाई पनि ३–० को सेटमा नै हराएको थियो ।

हिजो नेपालसँग हारेको किर्गिस्तानको यो लगातार दोस्रो हार हो ।

नेपालले आज आफ्नो दोस्रो खेल बंगलादेशसँग खेल्दै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*