निर्माण सामाग्री व्यवसायी संघद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

१२ जेठ,हेटौंडा । निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । हेटौंडा–१ लालझाडीमा रहेको श्री बाराही आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्मार्ट टिभी,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम तामाङ र प्रधानाध्यापक मन्जु देवकोटालाई निमार्ण सामाग्री व्यवसायी संघका अध्यक्ष बालकृष्ण बजगाईले उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो । बालविकास कक्षामा पढ्ने स–सना बालबालिकाहरुलाई प्रविधि मैत्री शिक्षणमा सहजता पुगोस भन्ने उद्देश्यले स्मार्ट टिभी वितरण गरेको संघका अध्यक्ष बालकृष्ण बजगाईले बताउनुभयो ।

शिक्षा बिनाको जीवन अन्धकार र समुन्नत समाजको परिकल्पना गर्न नसकिने साथै व्यवसायीक संघ भए पनि आफुहरुको समाजप्रति उत्तरदायित्व र जिम्मेबारी रहेको बताउदै ५० हजार बराबरको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको बजगाईले बताउनुभयो । सोहि बिद्यालयका पूर्ब बिद्यार्थी समेत रहेका वडा अध्यक्ष न्यौपानेले अबको आबश्यकता आधुनिक प्रविधिमैत्री शिक्षा रहेको बताउदै शैक्षिक सामाग्री वितरणले बालबालिकाको विकास र सिकाई प्रकृयामा सहयोग पुग्ने
बताउनुभयो ।

कार्यक्रममा निर्माण सामाग्री व्यवसायी संघका सचिव सुदिप तिमल्सीना,कोषाध्यक्ष रोशन सापकोटा,सदस्यहरु प्रदिप तिवारी,सुरेश अर्याल,विद्यालयका शिक्षक,बिद्यार्थी,जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*