आइपीएलको उपाधिका लागि गुजरात र चेन्नई भिड्दै
काठमाडौं । साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग९आइपीएल० को च्याम्पियन बन्नका लागि फाइनल खेलमा आज आइतबार खेल्दै छन् ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।
साबिक विजेता गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । पहिलो क्वालिफायरमा गुजरात चेन्नईसँग पराजित भएको थियो ।
फाइनल प्रवेशका लागि पाएको दोस्रो मौकामा गुजरातले मुम्बई इन्डियन्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।
चेन्नई पनि गुजरातलाई पराजित गरि पाँचौै पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । १३ औं सिजनको च्याम्पियन बनेर चेन्नई मुम्बईले सर्वाधिक पाँच पटक उपाधी उचालेको कीर्तिमानलाई बराबरी गर्न चाहन्छ ।
घरेलु मैदानमा खेल रहेकोले गुजरात केही बलियो देखिन्छ । अहमदाबादमा खेलेको नौ मध्ये छ खेलमा गुजरात विजयी भएको छ । गुजरातले सिजनको पहिलो खेलमा चेन्नईलाई यसै मैदानमा पराजित गरेको थियो ।
चेन्नईको भने यस मैदानमा राम्रो प्रदर्शन रहेको छैन । यस मैदानमा खेलेको तीन खेलमा नै चेन्नई पराजित भएको छ ।
समूह चरणमा चेन्नई र गुजरातले एक खेल खेलेका थिए । समूह चरणको खेलमा गुजरात अपराजित रहेको थियो ।