हेटौंडा राप्तिखोलामा विशेष सरसफाइ

हेटौंडा । विश्व वातावरण दिवस-२०८० को सप्ताहव्यापी कार्यक्रमको आज पहिलो दिन टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा राप्तिखोलामा विशेष सरसफाइ कार्यक्रम गरिएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फूर्वा लामा, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना, वातावरण शाखा प्रमुख चन्दा खड्का, डिभिजन वन कार्यालयका प्रमुख, सहायक वन अधिकृत, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष लगाएका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*