सुनको मूल्य हालसम्मकै उच्च

हेटौंडा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राख्दै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि बुधबार सुनको मूल्य तोलाको एक लाख १२ हजार रुपैयाँ पुगेको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*