इटहरीले पेट्रोल गाडीलाई विद्युतीय बनाउन अनुसन्धान सुरु गर्यो

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नका लागि अनुसन्धान सुरु गरेको छ ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतिय सवारीमा रुपान्तरणको तयारी सुरु गरेको हो ।

पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण र विस्तृत अनुसन्धान गर्नका लागि सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

पालिकाले उपलब्ध गराएको मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमती भएको उनले बताए ।

संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार पहिलो चरणमा अनुसन्धान सुरु गरेको पौडेलले बताए ।

देशमै पहिलो पटक स्थानिय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले छ महिना भित्र २ वटा पेट्रोल मोटरसाइकललाई बिधुतीयमा रुपान्तरण गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*