आजदेखि एक साताका लागि हेटौंडा र बकैयाका बिद्यालयहरु बन्द

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका बिद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । दुवै पालिकाका सामुदायिक तथा निजी बिद्यालयहरु एक साताका लागि बिदा दिइएको हो ।

अत्यधिक गर्मीका कारण बिद्यार्थीलाई बिद्यालयमा गएर पढ्नका लागि समस्या भएपछी बिद्यालयहरु बन्द गरिएको उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले बताउनुभयो । आज देखि एक साताका लागि बिद्यालय बन्द गरिए पनि पानी परेको दिनबाट फेरी अर्को सूचना निकालेर पठनपाठन सुरु गरिने मेयर लामाले बताउनुभयो ।

हेटौंडाका केही वडा कार्यालयहरु आफैले निर्णय गरेर आज देखि तीन दिन सम्म बिद्यालय बन्द गर्ने निर्णय गरेपनि अब भने उपमहानगरपालिका कार्यालयले ६ दिनका लागि बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

पानी परिहालेमा भने बिद्यालयहरु खोलीने तयारी पनि उपमहानगरपालिकाले गरेको छ । यसैगरी बकैयाँ गाउँपालिकाले पनि आज देखि आउँदो शुक्रबार सम्मका लागि बिद्यालयहरु बन्द गरिएको हो । निकै गर्मि बढेपछी वर्षे बिदामा मिलाउनेगरी बिद्यालयहरु बिदा गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*