गौर नरसंहारको १६ वर्षपछि आज सुनवाइ हुँदै

काठमाडौँ । गौर नरसंहारको १६ वर्षपछि सोमबार सर्वोच्च अदालतमा मुद्दाको सुनवाइ सुरू हुँदैछ।

नरसंहार पीडितका परिवार तथा आफन्तले आइतबार दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

सोही रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर रिट दायर गरिएको हो।

रिटमा तत्काल अन्तरिम आदेश पनि माग गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएपछि सर्वोच्चमा रिट दायर गरेको पीडितहरूको भनाइ छ।

उनीहरूले उक्त घटनामा संलग्न भएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै रौतहटमा जाहेरी दिएका थिए।

के हो गौर हत्याकाण्ड ?

२०६३ चैत ७ गते गौरमा तत्कालीन मधेसी जनाधिकार फोरम र माओवादीले एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो।

झडप हुँदा २७ जना माओवादीका कार्यकर्ता मारिएका थिए भने कैयौँ घाइते भएका थिए। यसै घटनालाई ‘गौर हत्याकाण्ड’ भनिएको हो।

फोरमले योजनाबद्ध रूपमा आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको दाबी माओवादीले गर्दै आएको छ।

घटनामा केही महिलालाई नाङ्गै पारेर बलात्कार गरिएको थियो। यस्तै, यौन अंगमा उखुको डाँठ घोचेर यातना दिइएको, स्तन काटिएको र हत्या गरिएको प्रत्यक्षदर्शीहरूले बताएका थिए। कतिपयलाई स्थानीय बौधीदेवीको मन्दिरमा रगतको भोग दिइएको थियो।

राष्ट्रिय मानवअधिकार आयोगले गत पुसमा लामो समयदेखि कुनै अनुसन्धान अघि नबढेको भन्दै जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*