आज नेपाल र नेदरल्यान्ड्स अभ्यास खेल खेल्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत शनिबार दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।

दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले दिउँसो नेदरल्यान्ड्सबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । यस अघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो ।

अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने छ । जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेल असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ मा रहेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग असार ९ गते खेल्नेछ । समूह ‘बी’ मा श्रीलंका,आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् । आ–आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*