हेटौँडाबाट ५४ लाख रुपैँया बराबरको सुन सहित एकजना पक्राउ

हेटौँडा । मकवानपुरबाट अबैध सुन सहित एकजना पक्राउ परेका छन् । प्रहरीले हेटौँडा १५ रातोमाटेबाट ५४ लाख रुपैँया बराबरको सुन सहित एकजनालाई हेटौँडाबाट पक्राउ परेका हुन । प्रहरीले ५६१ दशमलब ३० ग्राम सुन सहित उनलाई पक्राउ गरेको हो ।

आज विहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् । प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार उनले जुत्तामा उक्त सुन लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*