हेटौंडा-१५ रातोमाटेबाट बिल नभएको सामान बरामद

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा-१५ रातोमाटेबाट बिल नभएको सामान बरामद गरेको छ ।

मंगलबार विरगंजबाट काठमाण्डौं जाँदै गरेको बा.प्र.०१-००६ख ३४८९ नम्बरको बस रोकी चेकजाचँ गर्दा बसको पछाडिको दुवै साईडको सिट मुनि लुकाई छिपाई ल्याएको समान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार अमुल बटर ( कार्टुन ९१६० पिस) र अमुल फ्रेस क्रिम ( कार्टुन ९१२ पिस) गरी १ लाख १० हजार मूल्य बराबरको बिल नभएको सामान बरामद भएको हो ।

उक्त सामानको सम्बन्धित व्यक्ति कोहि नभेटिएको र बसको कागज पत्र राखि बसलाई गन्तव्य तर्फ पठाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*