हेटौंडाका निजी बिद्यालयमा छात्रबृति बितरणको काममा कडाइ गर्दै उपमहानगर

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका संस्थागत बिद्यालयहरुमा कानून अनुसारको छात्रबृति बितरणको काममा कडाइ गर्न सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले यही असार २० गते सम्म छात्रबृति दिएका बिद्यार्थीहरुको पूर्ण विवरण र अभिभाबकको मोवाइल नम्बर सहित उपमहानगरपालिकामा बुझाउनका लागि सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाभित्र रहेका निजी बिद्यालयहरुले छात्रबृतिमा बिद्यार्थी नपढाउने गरेको गुनासो गरेपछी हेटौंडा उपमहानगरपालिकाले यही असार २० गते सम्म छात्रबृति दिएका बिद्यार्थीको विवरण बुझाउनका लागि आग्रह गरिएको शिक्षा विकास महासाखाका प्रमुख गंगाधर रिमालले बताउनुभयो ।

हेटौंडाका बोडिङहरुमा एक सय देखि २ हजार जना सम्म बिद्यार्थी अध्यनरत छन् । अब बिद्यालयले विवरण बुझाएपछी नियमित रुपमा अनुगमन गर्ने र बिद्यार्थीले पाउने छात्रबृति बितरणमा कडाइ गरिने रिमालले बताउनुभयो । निजी बिद्यालयहरुले अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी ऐन २०७५ अनुसार बिद्यार्थीलाई छात्रबृति रकम वितरण गर्नुपर्ने छ ।

५ सय जना सम्म बिद्यार्थी भएका बोडिङहरुमा १० प्रतिशत पूर्ण छात्रबृतीमा पढाउनुपर्ने व्यवस्था रहेको छ । ५ सय भन्दा माथी ८ सय जना बिद्यार्थी सम्म अध्ययनरत बिद्यालयले १२ प्रतिशत बिद्यार्थीलाई पूर्ण छात्रबृति दिनुपर्ने छ । त्यसैगरी ८ सय जना भन्दा माथी बिद्यार्थी अध्यनरत भएका बिद्यालयले १५ प्रतिशत बिद्यार्थीलाई पूर्ण रुपमा छात्रबृति रकम दिनुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, हेटौंडाका धेरैजसो निजी बिद्यालयहरुले पूर्ण छात्रबृति दिनमा वेवास्ता गर्दै आएका छन् । अहिले भने उपमहानगरपालिकाले यसलाई कार्यान्वयनमा ल्याउनका लागि ताकेता गर्न थालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*