प्रदेशको कानुन कार्यान्वयनको अवस्था बारे स्थानीय तहसँग अन्तरकृया
हेटौंडा । बागमतीे प्रदेशको कानुन कार्यान्वयको अवस्था बारे विभिन्न जिल्लाका स्थानीय तहसँग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। प्रदेश सभा सचिवालयको आयोजनामा विभिन्न जिल्लाका स्थानीय तहहरुमा पुगेर बागमतीे प्रदेशबाट पारितभएका कानुनहरुको कार्यान्वयको अवस्था बारे अन्तरकृया गरिएको थियो ।
बागमती प्रदेश अन्तर्गतका जिल्लाहरु नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीका विभिन्न स्थानीयतहहरुमा अन्तरकृया कार्यक्रम सम्पन्नभएको हो । कार्यक्रम बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सभामुख पाठकले संघ र प्रदेश सरकारले बनाएका कानुन लागू गर्न र स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताउनुभयो । तिनै तहका निकायहरु बिच समन्वय र नबाझिने किसिमले कार्यान्वयनमा लैजानु अति आवश्यक भएको पाठकको भनाई छ ।