आइएमई लाइफको आइपीओ भर्ने अन्तिम दिन आज

काठमाडौँ – आइएमई लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज असार १५ गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको आइपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ । आइएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।

यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । अब पछि सर्वसाधारणलाई पनि ९६ लाख कित्ता सेयर खुला हुनेछ ।

यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*