श्री एयरलाइन्सका सबै उडान आजको लागि स्थगित

काठमाडौं । श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।

सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*