बागमती प्रदेशमा ६ जना कर्मचारी बढुवा सिफारिस

हेटौंडा । बागमती प्रदेशमा दशौ तहमा लामो समय देखि कार्यरत ६ जना कर्मचारी ११ औ तहमा बढुवामा सिफारिस हुनु भएको छ । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले २०८० बैशाख ११ गते प्रकाशित बढुवा सूचना अनुसार रिक्त पदहरूमा बढुवा समितिको निर्णय अनुसार योग्यताक्रमका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय भएकोले हो ।

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बढुवा समितिको सचिवालय हेटौंडाले आज गोर्खापत्र दैनिकमा बढुवा सिफारिस सम्बन्धी सूचना प्रकासित गर्दै बढुवामा सिफारिस गरेको हो । प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४३ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरेर बढुवामा सिफारिस गरिएको मुख्यमन्त्री कार्यालयद्वारा प्रकासित सूचनामा उल्लेख छ ।

प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ सेवा तर्फ ११ तहका लागि लोकनाथ रेग्मी, प्रदेश स्वास्थ्यतर्फ निर्देशक पद ११ औं तहमा नारायण बहादुर कार्की, प्रदेश स्वास्थ्यकै ११ औं तहमा दिपक प्रसाद तिवारी, बसन्त अधिकारी, डाक्टर अर्जुन प्रसाद सापकोटा र डाक्टर नरेन्द्र कुमार झा बढुवामा सिफारिस हुनु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रकासित सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*