एपिएफको लगातार दोस्रो जित

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपको महिलातर्फका खेलमा नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

उपाधि दाबेदार एपिएफले सोमबार बिहान भएको खेलमा गण्डकी प्रदेशलाई ३–० को सेटमा हराएको हो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको खेलमा एपिएफ २५–१२, २५–१८ र २५–८ को सोझो सेटमा विजयी भयो ।

एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराएको थियो । गण्डकी प्रदेशको भने यो लगातार तेस्रो हार हो । गण्डकीलाई पहिलो खेलमा नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले सोझो सेटमा हराएको थियो ।

महिलातर्फ सोमबारका अन्य खेलहरुमा न्यु डायमण्ड र एभेष्ट तथा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । पुरुषतर्फ आज पनि तिन खेल हुनेछन् । आज हेल्प नेपाल र दावाली मिलन केन्द्र, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश तथा नेपाल पुलिस क्लब र शैलुङ बागढुङ्गा भिड्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*