यसरी मनाइयो भानुजयन्ती

काठमाडौं । २१०औं भानुजयन्तीको अवसरमा काठमाडौंमा प्रभातफेरीको आयोजना गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीबाट सुरू भएको प्रभातफेरी दरबार हाईस्कुलसम्म पुगेर पुनः प्रतिष्ठानको परिसरमा आएको थियो ।

प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, विभिन्न स्कुलका विद्यार्थी लगायत सहभागी थिए ।

विद्यार्थीहरु भानुभक्तले लगाउने जस्तै पोशाक लगाएर प्रभातफेरीमा सहभागी भएका थिए । केही विद्यार्थीहरु भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायण कथाका पात्रहरु जस्तै बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*