झापा उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । बुद्ध एयरको जहाज झापाको चन्द्रगढी उडेको प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिएपछि २ः१० बजे पुनः काठमाडौं पर्काइयोको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।

काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*