हेटौंडा उपमहानगरद्वारा नेपाल टप गर्ने बिद्यार्थी सम्मानित
हेटौंडा । बिभिन्न संकायमा अध्ययन गरी उच्च अंक सहित नेपाल टप हुने बिद्यार्थिलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ । बिद्यार्थिलाई अध्यापनका लागि प्रेरणा मिलोस भन्ने उद्देश्य सहित उपमहानगरले नगद सहित प्रशंसा पत्र प्रदान गर्दै सोमबार सम्मान गरेको हो ।
हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले २०७९ सालको एइइ परिक्षामा हेटौंडा–७ को तासिर इ·लिस बोर्डिङ स्कुबाट सहभागि बनेकी डाफिन राइका, मकवानपुर बहुमुखि क्याम्पसबाट बिबिए सातौं सेमष्टरमा सहभागि हेटौंडा–९ की सृष्टी महर्जन र मकवानपुर क्याम्पसबाटै २०७८ सालको बिबिएसमा सहभागि हेटौंडा–६ का प्रकाश गौतमलाई सम्मान गरेका हुन् ।
एसइइमा सहभागि डाफिनले ४ जिपीए, बिबिएम सातौं सेमेष्टरमा सहभागि सृष्टीले र बिबिएसमा सहभागि प्रकाशले सामुदायीक क्याम्पस तर्फ नेपाल टप गरेका थिए । सम्मान गर्दै हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले आर्थिक अभाबका कारण कसैले पनि पढ्न नपाउने वाताबरण नगरले नबनाउँने बताइन् । उनले नगरको शैक्षिक अवस्था सुधारका लागि उपमहानगरपालिकाले काम गरीरहेको बताइन् । शैक्षिक सुधारमा सामुदायीक क्याम्पस र बिद्यार्थिले गरेको मेहनतको प्रशंसा गर्दै उच्च अंक ल्याउने सबैलाई बधाई दिइन् ।
उपमहानगर आफैले सञ्चालन गर्ने गरी इन्जिनियरि· कक्षा चलाउनका लागि पहल भैरहेको भन्दै नयाँ बिषय र टेक्निकल कक्षा सञ्चालन अहिलेको आवश्यकता भएको बताइन् ।
कार्यक्रममा उप प्रमुुख बानियाँले शिक्षामा उज्वल भविष्य बोकेका बिदार्थिको अध्यापनमा उपमहानगरले कुनै कसर बाँकि नराख्ने बताए । शैक्षिक गुणस्तर राम्रा भएका बिद्यार्थिलाई नेपालमै टिकाउनका लागि ठोस कार्यक्रम आवश्यक भएको बताए । सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, उपमहानगरका बिज्ञ सल्लाहकार कृष्ण धिताल, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, तासिर इ·लिस बोर्डिङका प्रिन्सिपल बिनोद थपलियाको आतिथ्यता रहेको थियो ।