एसिसी इमर्जिङ कपमा युएई १५७ रनमा समेटियो ,कुशलले लिए ६ विकेट

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिसी इमर्जिङ टिम्स कपको अन्तिम खेलमा युएईविरुद्ध जितका लागि १ सय ५८ रनको लक्ष्य प्राप्त गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा अलआउट हुँदै १ सय ५७ रनमा समेटिएपछि नेपालले सामान्य लक्ष्य प्राप्त गरेको हो।

पी सारा ओभल कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि लोभप्रित सिंहले ५२ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, इथान डिसौउजाले १८ रन बनाउँदा थप दोहोरो स्कोरका रूपमा अश्वथा भलथापाले १६ तथा अर्यान्सा शर्माले १४ रन बनाए। त्यस्तै, जश घियानानीले १३ रन जोडेका थिए।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए। १० ओभर बलिङ गरेका कुशलले ४० रन खर्चिएर ६ विकेट लिएका हुन्।

त्यस्तै,मौसम ढकालले २ तथा पवन सराफ र कुशल मलले समान १(१ विकेट लिए। नेपाल केही समयपछि जवाफी ब्याटिङका लागि मैदान उत्रिँदै छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*