शेयर बजारमा मौद्रिक नीतिको प्रभाव, नेप्से उच्च अंकले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आईतवार नै मौद्रिक नीति सर्वाजनिक गरेसँगै नेप्से उच्च अंकले वृद्धि भएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमो शेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको छ । उक्त घोषणा भएसँगै नेप्से परिसूचक ६३।२४ अंक बढेर २२२७.२४ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४।७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५१ अंक बढेको छ ।

आइतबार कारोबारमा आएका २६६ कम्पनीको १ करोड २० लाख २ हजार कित्ता शेयर ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको तुलनामा आईतवार कारोबार रकम पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक ४।९८ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबार नेप्से उच्च अंकले वृद्धि भएसँगै तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । आइतबारको कारोबार शिवम् सिमेन्ट कम्पनीको १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*