भारतमा प्रधानमन्त्री मोदीविरुद्ध विपक्षी गठबन्धनले आज अविश्वास प्रस्ताव लैजाँदै

एजेन्सी । भारतमा विपक्षी गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बुधबार लोकसभामा अविश्वासको प्रस्ताव लैजाने भएका छन् ।

आगामी वर्ष हुने लोकसभा निर्वाचनका लागि गठन गरिएको “इण्डिया” नामको विपक्षी गठबन्धनले प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको हो ।

पूर्वोत्तर राज्य मणिपुरमा तीन महिना यता भड्किएको जातीय हिंसामा आधारित रहेर विपक्षीहरुले अविश्वास प्रस्ताव लैजान लागेका हुन । लोकसभामा सत्तारुढ भारतीय जनता पार्टीको स्पष्ट बहुमत रहेकाले अविश्वास प्रस्तावले प्रधानमन्त्री मोदीलाई भने कुनै फरक पर्ने छैन ।

तर, विपक्षीहरुले मणिपुर हिंसामा संसदमा बहस गराउने र प्रधानमन्त्री मोदीलाई जवाफ दिन बाध्य पार्ने उद्धेश्यले अविश्वास प्रस्ताव लैजाने रणनीति लिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

विपक्षी दलहरुले लोकसभा र राज्यसभामा मणिपुरको अवस्थाबारे प्रधानमन्त्री मोदीबाट जवाफ खोजे पनि मोदीले अहिलेसम्म जवाफ दिनुभएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*