भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक समिक्षा कार्यक्रम हेटौंडामा सुरु

हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक समिक्षा कार्यक्रम आजबाट हेटौंडामा सुरु भएको छ । भोली सम्म चल्ने समिक्षा कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशका सबै जिल्लाबाट पूर्वाधारका काममा तीन महिना भित्र टेण्डर गरिसक्न निर्देशन दिनु भएको छ ।
अन्तिम समय बैशाख जेठमा टेण्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्दै अब टेण्डरको काम सुरु गर्न उहाँले निर्देशन दिनुभयो । बजेट किताबमा रहेका कुन्–कुन् योजना अहिलेनै गर्न सकिने र कुन् योजना गर्न नसकिने भनेर लेखेर पठाउन पनि उहाँले निर्देशन दिनुभयो । अब हचुवाको भरमा मात्र काम गर्ने भन्दा पनि पाँच वर्षे आवधिक योजना बनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यो प्रदेशलाई बनाउने जिम्मेवारी तपाइ हामी सबैको रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो । हेटौंडाबाट भैसे–भीमफेदी सडक खण्डको काम ढिलो गतिमा भइरहेकाले छिटो सक्नेगरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

पूर्वाधार विकासको काममा संझौता नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो–‘वन कार्यालयका लागि शहरी विकास कार्यालयले बनाएको भवन अहिले म बसेको छु त्यसको छल रोटी जस्तो उस्सेको छ । यसको गुणस्तर किन भएन रु’

कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले कुनैपनि योजना व्यक्तिको नभएर जनता र सरकारको भएकाले काम थाल्न आग्रह गर्नुभयो । भौतिक पूर्वाधार मन्त्रालयको १५ अर्ब बजेट त बहुवर्षिय योजनामा छुट्याएर बजेट तयार गर्नुपरेको स्मरण गराउनुभयो ।

अब बाँकी केही बजेट मात्र नयाँ योजनालाई प्राथमिकता दिएर काम गरिएको मन्त्री दुलालले बताउनुभयो । चालु आर्थिक वर्ष र आउँदो आर्थिक वर्ष सम्ममा हेटौंडाको बुद्धचोक देखि काठमाण्डौं सम्मको सडक निर्माण भएर कालोपत्रे हुने दावि गर्नुभयो । विकास निर्माणका काममा जहाँ समस्या छ त्यहाँको समस्या समाधान गर्न कार्यालयका प्रमुख र कर्मचारीहरु लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य किरण प्रसाद गजुरेल, प्रदेशका प्रमुख सचिब घनश्याम उपाध्याय, भौतिक मन्त्रालयका सचिब शंकर प्रसाद पण्डित, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब महेश आचार्य, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मी लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*