महिला विश्वकप फुटबलमा कोस्टारिकाबिरुद्व जापानको जित

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा एशियाली राष्ट्र जापान प्रि–क्वार्टरफाइनलनजिक पुगेको छ ।

समूह ‘सी’ मा रहेको जापानले लगातार दोस्रो जित हात पार्दै अन्तिम १६ को सम्भावना बलियो बनाएको हो । न्यूजिल्यान्डको डुनेडिन स्टेडियममा बुधबार भएको खेलमा कोस्टारिकालाई २–० ले पराजित गर्दै जापानले दोस्रो जित हात पारेको हो ।

यसअघि जापानले पहिलो खेलमा जाम्बियालाई ५–० ले पराजित गरेको थियो । बुधबारको खेलमा जापानलाई जित दिलाउन हिकारु नाओमोटो र आओबा फुजिनोले एक–एक गोल गरे । हिकारुले २५ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाउँदा आओबाले २७ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरिन् ।

यससँगै जापानले २ खेलबाट ६ अंक जोडेको छ । यसै समूहमा रहेको स्पेनको ३ अंक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*