किसानहरुद्वारा हेटौंडाको मुख्य बजार बुद्धचोकमा धर्ना

हेटौंडा । मकवानपुरका किसानहरुले बिभीन्न मागहरु राख्दै आज हेटौंडाको मुख्य बजार बुद्धचोकमा धर्ना दिएका छन् । नेकपा एमाले निकटको अखिल नेपाल किसान महाँसंघ तथा किसान संजालको आयोजनामा हेटौंडाको मुख्य चोक बुद्ध चोकमा चक्काजाम समेत गरेर धर्ना दिइएको हो ।

किसानका मागहरु पटक पटक सरकार समक्ष राख्दा पनि सुनुवाइ नभएपछी सवारी आवगमन समेत बन्द गरेर धर्ना दिइएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष बिष्णु दंगालले बताउनुभयो । किसानहरुले पशुवस्तुमा लागेको लम्पी स्किन रोगको महामारीले बिकराल भएको परिस्थतीमा पनि सरकार रहेको भन्दै चक्का जाम गरिएको हो ।

विमा कम्पनीहरूले पशुवस्तुको बीमा भुक्तानी र नविकरण नगरेकोमा सरकारले समेत वास्ता नगरेपछी देशभरको किसान आन्दोलित हुन परेको किसान महासंघका अध्यक्ष दंगालले बताउनुभयो । सरकारले चलाएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजारका सरट र स्टिलहरू बिना प्रतिस्पर्धी पूरानै व्यापारीलाई दिने निर्णय गरेकोमा समेत आन्दोलन गरिएको महासंघले जनाएको छ ।

रासायनिक मलको अभाव व्यापक छ तर सरकारले मलको अभाव छैन भनेर प्रचार गरेकोमा पनि किसानको ध्यानाकर्षण भएको दंगालले बताए । कृषि प्रधान देशमा किसानलाई आइपर्ने समस्याको राज्यले सम्बोधन नगरेको भन्दै शुक्रबार विरोध प्रदर्शन गरेका हुन। सातै प्रदेशमा भएको विरोध तथा धर्ना कार्यक्रम मकवानपुरको हेटौडा १० बुद्धचोकमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*