स्थापना दिवसको अवसरमा कपडा तथा फलफूल वितरण

हेटौंडा–४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडले १४ औं स्थापना दिवसको अवसरमा शुक्रवार हेटौंडा–१५ मा अवस्थित दिव्य सेवा आश्रमलाई कपडा तथा फलफूल सहयोग गरेको छ । आश्रममा आश्रित जेष्ठ नागरिक बृद्धबृद्धाको लागि कपडा तथा फलफूल वितरण गरिएको हो ।

कार्यक्रम दिव्यसेवा निकेतनका अध्यक्ष यादब प्रसाद गजुरेलको सभाध्यक्षता साथै सहकारी संस्थाका अध्यक्ष बसन्तराज गौतमको बिशेष आतिथ्यतामा सम्पन्न भएको सहकारीका व्यवस्थापक राजकुमार चौलागाइले जानकारी दिनुभयो । कार्यक्रममा सहकारी संस्थाका संचालक समिति,उप–समिति सदस्य,लेखा समिति,सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*