गौरीशंकर पहिरोमा एक बालकको मृत्यु, तीन बेपत्ता

दोलखा । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दोलखाका डिएसपी दिपक खड्काका अनुसार स्थानीय यज्ञबहादुर थामाीका १५ महिनाका नाती प्रिन्स थामीको मृत्यु भएको हो ।

गौरीशंकर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशंकर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।

पहिरोमा बेपत्ता हुनेमा गौरीशंकर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । सो पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*