मकवानपुरमा पहिरोले पुरिएका ६ जनामध्ये १ जनाको मृत्यु

काठमाडौं – मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ को सिक्रेमा पहिरोले पुरिएका ६ जनामध्ये १ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा अन्य ६ जना वेपत्ता छन् । काभ्रेको खानीखोला गाउँपालका वडा नम्बर ५ स्थायी घर भई मकवनपुरको सिक्रेदोभानमा बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिएको हो ।

पहिरोमा परी अक्कलबहादुरकी श्रीमतीको मृत्यु भएको छ भने अक्कलबहादुरसहित परिवारका अन्य सदस्यहरु वेपत्ता छन् ।

पहिरोमा वेपत्ता हुनेहरुमा घरधनी अक्कलबहादुर, छोरी शिला स्याङ्तान, ज्वाई जीवन पहरी तथा २ वर्षीय छोरा तेज पहरी र १ वर्षीया छोरी देव्यणी पहरी र पासाङ घिसिङ (पाहुना) रहेका छन् । मकवानपुरको भोर्लेनीमा रहेको प्रहरी टोली घटना स्थलमा पुगेर उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाले खानिखोला ५ मा रहेको लघु जलविद्युत आयोजना पनि पुरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*