मलेसियामा निजी विमान दुर्घटना हुँदा दश जनाको मृत्यु

एजेन्सी । मलेसियामा एउटा निजी विमान सडकमा आपतकालिन अवतरणका क्रममा दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ ।

मलेसियाको लङ्कावीबाट सेलेनगर गईरहेको विमान सेलेनगरको ब्यस्त सडकमा खस्दा विमानमा रहेका दुई जना चालक र अन्य यात्रुको मृत्यु भएको हो ।

विमानस्थलमा अवतरणका लागि अनुमति लिइसकेको विमान अचानक सडकमा गुडिरहेका कार र मोटरसाइकलमाथि बजारिएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा विमानमा रहेका आठ जना र सडक गुडिरहेको कारमा रहेका दुई जना छन् ।

मृतक मध्ये पाहाङ राज्यको प्रान्तीय सांसद जोहरी हारुन पनि रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*