लायन्स र लियो क्लबद्वारा बृक्षरोपण

थाहा नगर । लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगर आयोजनामा शनिबार थाहा नगरपालिका वडा नं. ४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा बृक्षरोपण गरिएको छ ।

क्लवले धुपी, लौठ सल्ला, रोजमेरी, देबदार प्रजातिका करिव ५० वटा बिरुवा रोपेको लियो क्लब अफ पिस थाहानगरका अध्यक्ष रोशनी गोपाली ले बताउनुभयो ।

लायन्स क्लबको बार्षिक कार्यक्रम अन्तरगत बृक्षरोपण गरिएको र रोपिएका बिरुवाहरुलाई नियमित गोडमेल, संरक्षण गरी हुकाईने लायन्स क्लब अफ थाहा पिसका सचिव निरज रायमाझीले बताउनुभयो ।

लियो क्लव अफ पिस थाहानगरका रोशनी गोपालीको अध्यक्षतामा भएको बृक्षरोपण कार्यक्रममा लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, निवर्तमान अध्यक्ष जयराम खत्री, बर्ष २०२३/२०२४ का अध्यक्ष गिता कार्की, प्राथमिक स्वास्थ्य केन्द्रका डा.गगन कार्की, डा।पवन कार्की, लियो क्लबका पूर्व अध्यक्ष कमल बिष्ट लगायत लायन्स क्लव र लियो क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*