महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई

सिड्नी । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । आईतबार अष्ट्रेलिया स्टेडियममा इङ्ल्याण्डलाई १–० गोल अन्तरले हराउँदै स्पेनले उपाधि उचालेको हो ।

स्पेनको जितमा २९ औं मिनेटमा ओल्गा कार्मुनाले विजयी गोल गरिन् ।

उपाधि भिडन्तमा स्पेनले शानदार प्रर्दशन गर्यो । बल पोजिसनमा उत्कृष्ट देखिएको स्पेनले गोलका धेरै अवसर सिर्जना गरेको थियो ।

खेलको ७० औं मिनेटमा जेनिफर हर्मोसोले पेनाल्टी मिस गरेपछि स्पेनले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।

पहिलो हाफमा फरवार्ड लौरिन हेम्पको प्रहार स्पेनको पोस्टमा लागेर फर्कनु इङ्ल्याण्डका लागि निकै महङ्गो पर्यो ।

सह आयोजक अष्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएको इङ्ल्याण्डले स्पेनले चुनौती पन्छाउन भने सकेन ।

स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचालेको हो । पुरुष र महिला दुवै टिमले विश्वकप जित्ने स्पेन दोस्रो देश बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*