सन्दीप एसिया कपका लागि पाकिस्तान प्रस्थान

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तान प्रस्थान गरेका छन् । उनीविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गतेका लागि तोकिएसँगै सन्दीप आज पाकिस्तान गएका हुन् ।

सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का टंकलाल घिसिङले बिदाइ गरेका थिए ।

सन्दीपले पाकिस्तान जानु अघि टिमले अहिले राम्रो प्रदर्शन गरिरहेको र पाकिस्तानमा टिमले अभ्यास खेलमा राम्रो खेलेको बताउँदै एसिया कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबारनै पाकिस्तान गए पनि हिजोका लागि पेशी तोकिएकाले सन्दीप भने गएका थिएनन् ।

एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*