चन्द्रयान–३ को सफलतापछि भारतले अर्को अन्तरिक्षयान प्रक्षेपण गर्ने

एजेन्सी । चन्द्रयान–३ को सफलतापछि भारतले आदित्य एल–१ नामक सूर्यको अध्ययन गर्ने अन्तरिक्षयान आगामी शनिबार प्रक्षेपण गर्ने भएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान ९इसरो० ले आन्द्रप्रदेशस्थित श्रीहरिकोटा अन्तरीक्ष केन्द्रबाटबाट शनिबार बिहान ११।५० बजे यान प्रक्षेपण गरिने छ । इसरोका अनुसार सूर्यको अध्ययन गर्ने भारतको यो पहिलो यान हुनेछ । यो यानले सौर्य गतिविधि अवलोकन गर्ने र अन्तरिक्ष मौसमको विषयमा अध्ययन गर्ने बताइएको छ ।

आदित्य अन्तरिक्ष यानले फोटोस्फियर, क्रोमोस्फियर र सूर्यको सबैभन्दा बाहिरी तहको अध्ययन गर्ने सात पेलोडहरू बोक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*