एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै

काठमाडौं। एसिया कप क्रिकेटमा आज बुधबार नेपालले पाकिस्तानसँग खेल्दैछ ।

खेल पाकिस्तानको मुल्तानमा नेपाली समय अनुसार आज दिउसो सवा ३ बजे सुरु हुनेछ । पाकिस्तानविरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ ।

एक दिवसिय विश्व वरियतामा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले एसिया कप क्रिकेटमा सहभागिता जनाउने अवसर पाएको यो पहिलो पटक हो । एसियाको यो प्रतिष्ठित क्रिकेट प्रतियोगिताको १६ औ संस्करण पाकिस्तान र श्रीलंकाले संयुक्तरुपले आयोजना गर्दैछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्नेछ । ६ टोली सहभागि एसिया कपको समुह ए मा नेपाल, भारत र पाकिस्तान तथा समुह बि मा श्रीलंका, बंगलादेश र अफ्गानिस्तान रहेका छन् ।

गत बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा अपराजित रुपमा च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*