मकवानपुरबाट नक्कली नोटसहित तीनजना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडाबाट प्रहरीले एक हजार दरका ९५ वटा नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ।

कटहरिया नगरपालिका — ६ बस्ने १९ बर्षका धर्मेन्द्र महरा र २१ बर्षका दिपेश दासलाई पैदल हिँडिरहेको बेला बिहीबार प्रहरीले पक्राउ गरेको हो।

हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर क्षेत्रस्थित सडकबाट उनीहरु दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो।

दुवैजनालाई ल्याएर सोधपुछ गर्दा नकक्ली नोट मकवानपुरको राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय विजय तामाङबाट ल्याएको बयान दिएका थिए।

त्यसपछि उनलाई पनि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले पक्राउ गरेर अन्य दुईजनासहितलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*