जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोस्थितको पाँचकिलो भन्ने स्थानमा शनिबार राती स्कोर्पियो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौं आउँदै गरेको जीप लामोसाँघु– जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिकाको पाँच किलो नजिकै राती २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रामेछापको उमाकुण्ड गाउँपालिका घर भएका जीप चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका घुम्थाङका बलबहादुर खत्रीको मृत्यु भएको ट्राफिक प्रहरी सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा २ जन महिला र २ जना बालिका रहेको र उनीहरुलाई उपचारका लागि धुलीखेल अस्पताल भर्ना गरिएको पनि प्रहरीले जनाएको छ ।

सडकको माथिल्लो मोडबाट पल्टिएको जीप ३ सय मिटर तल सडकमै झरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*