काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको छाप्रोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

आईतबार बिहान करिव ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

यसैगरी बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र वागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ । जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्ला सर्लाही शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको छ । स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडी सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताउनुभयो ।

बोलेरोमा सवार ५ जना विद्युतका कर्मचारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । बिहान केही समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*