कोसी सरकार विवाद: आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि मंगलबार पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

सोही आदेशअनुसार सोमबारदेखि न्यायाधीशहरू सपना प्रधान मल्ल, डा। कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ।

एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले कांग्रेसका थापाले बैठकको अध्यक्षता गरिरहेका सांसदले समेत मतदान गरेर लिएको विश्वासको बदर गर्न माग गर्दै दायर रिटमा हिजो निवेदक पक्षले बहस सकिसकेको छ।

सोमबार कार्कीका तर्फबाट बहस गर्ने सबै जसो वकिलहरूले सभामुखै भएर बैठकको अध्यक्षता गर्नु र जेष्ठ सदस्यको हैसियतमा अध्यक्ष गर्नु समान भएको जिकिर गरेका थिए।

उनीहरूले मत बराबर भएको अवस्थामा अध्यक्षता गर्ने व्यक्तिले मत पाउने भए पनि त्यस्तो अवस्था नरहेको भन्दै संविधानको धारा १६८ ९३० अनुसार ठूलो दलको नेतृत्वमा सरकार बनाउन माग गरेका थिए।

कार्कीको पक्षबाट सोमबार वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, कृष्णभक्त पोखरेल, सुरेन्द्र भण्डारी, राजेन्द्र घिमिरेलगायतले बहस गरेका थिए।

आज विपक्षी मुख्यमन्त्री थापा पक्षधर वकिलहरूले बहस गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*