एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

संस्थापनइतरका बहुमत सदस्यहरुले एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित सोमबार अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासको प्रस्ताव दर्ता गरेको जानकारी दिए ।

उक्त समूहले सोमबार बिहानै इमेलमार्फ अविश्वासको प्रस्ताव दार्ता गराएको र भौतिक रुपमा पनि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको तुलाधरले जानकारी दिए ।

अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएको उनले बताए ।

हामीले अध्यक्ष र महासचिव दुवै जनाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छौं । प्रस्ताव दर्ता भएपछि उहाँहरु स्वतस् निलम्बनमा पर्नुभयो । अब बर्खास्तीमा परेपछि उहाँहरुले काम गर्न पाउनुहुन्न,’ तुलाधरले भने ।

प्रस्ताव दर्ता गर्नका लागि ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पुग्ने र त्यसलाई पारित गर्न दुई तिहाई बहुमत चाहिने तुलाधरले बताए ।

एन्फाले विशेष साधारण सभा अनलाइनमार्फत गर्ने निर्णय गरेपछि डिभिजन क्लबहरुले भौतिक उपस्थितिमै साधारण सभा गर्नुपर्ने माग गरेका थिए ।

तर एन्फाले आइतबार अनलाइनमार्फत साधारण सभा गर्न खोजे पनि बहुमत सदस्य उपस्थित नभएपछि सोमबारसम्मका लागि स्थगित भएको थियो ।

सोमबार पनि संस्थापनइतरका बहुमत सदस्यले अध्यक्ष र महासचिवलाई नै अविश्वासको प्रस्ताव राखेपछि साधारण सभा सुरु हुन सकेन ।

एन्फा प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै एन्फा विशेष साधारण सभा बैठक अनलाइनमार्फत बस्ने कार्यक्रम रहेकोमा सदस्य संस्थाहरुले विशेष सल्लाह सुझाव बमोजिम एन्फा अध्यक्षबाट उक्त साधारण सभा स्थगित भएको जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*