हेटौंडामा खोलाले बगाउँदा एक बालकको मृत्यु

हेटौंडा । हेटौंडामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–४, भैरब रोड बस्ने फिरज अन्सारीका १० वर्षीय छोरा संसद अन्सारीको हेटौंडा–१, स्थित राप्ति खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अन्सारी घर परिवार सहित हेटौंडा–१, स्थित सब्जि मन्डि नजिक आज मंगलबार राप्ति खोलामा नुहाउन गएका थिए । उनलाई नुहाउने क्रममा खोलाले बगाई ५ सय मिटर तल राप्ति पुल नजिक पुर्याएको थियो ।

परिवारले अन्सारीलाई बेहोस अबस्थामा फेला पारी उपचारको लागि हेटौंडा अस्पताल लगेकोमा मंगलबार दिउँसो उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् । उनको शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*