एमालेको कोशी अधिवेशनमा साँझ ५ बजेदेखि मतदान हुने

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशनमा सहमति जुट्न नसकेपछि साँझ ५ बजेदेखि मतदान हुने भएको छ ।

यसअघि बिहान ११ बजेदेखि मतदानको समय तोकिएको थियो । त्यसपछि मतदानको समय १ बजेलाई सारियो । सहमतिको प्रयास गर्ने भन्दै पुनः ५ बजेका लागि मतदानको समय सारिएको हो ।

यसअघि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए । निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली भने अझै प्रकाशन गरेको छैन ।

एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*