यादव सेवा समिति मकवानपुरको वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा, १९ असोज । नेपाल यादव सेवा समिति, मकवानपुर शाखाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा आज हेटौंडामा सम्पन्न भेलाले शैलेन्द्र कुमार यादवको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको समितिले जनाएको छ ।

नेपाल यादव सेवा समितिको नव गठित कार्यसमितिको उपाध्यक्षमा दीपेन्द्र यादव महासचिवमा सुरेश प्रसाद यादव, सहसचिवमा देवेन्द्र यादव, कोषाध्यक्षमा कृपा यादव तथा सदस्यहरुमा नमोनाराण यादव, प्रभा यादव, अंजित यादव, मोतीलाल यादव, रुपेश यादव,धर्मनाथ यादव, बबिता यादव, सुस्मा यादव र अनिता यादव रहेका छन् ।

भेला मकवानपुरका संस्थापक अध्यक्ष रामलक्षण यादव को प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । भेलामा विभिन्न जिल्लाबाट मकवानपुरमा आइ बसेका यादव समुदायको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*